बुधबार, चैत्र १५, २०७९

एमाओवादी आन्दोलनबाट पछि नहटे समितिको औचित्य समाप्त हुने एमाले सचिव ज्ञवालीको चेतावनी

संघीयता र शासकीय स्वरुपमा काँग्रेसले प्रस्तुत गरेको धारणा बटमलाइन नभइ विकल्प : कांग्रेस प्रवक्ता बडु

काठमाडौं असोज २७, पहिलो दुई महिनाको लागि उच्चस्तरीय राजनीतिक समिति संयोजकको नेतृत्व पनि लिने अनि सडक आन्दोलनको नेतृत्व पनि गर्ने यो कुन चरित्र pradeep-gyawalहो भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले प्रचन्डको चरित्र कायमनै रहने हो भने नेकपा एमाले उच्चस्तरीय राजनीतिक समितिमा नबस्ने चेतावनी दिएका छन् ।  त्यस्तै सचिव ज्ञावलीले एमाओवादीका गतिविधि द्धैध चरित्रका भएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई त्यस्तो गर्न उनको नैतिकताले नदिने बताउँदै एमाओवादी आन्दोलनबाट पछि नहटे समितिको औचित्य समाप्त हुने बताउँनु भएको छ ।

राजधनीमा आज रिपोट्र्स क्लबले गरेको कार्यक्रममा ज्ञवालीले यस्तो अभिव्यक्ति दिनु भएको ह । त्यस्तै उहाँले एमओवादीले जसरी अहिले दोहरो भूमिका सहित संविधान विरोधी काम गरिरहेको छ त्यो आफैमा नैतिक हिन काम भएको बताउँन भएको छ ।

त्यस्तै कार्यक्रममा कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले नेपाली काग्रेसले संघीयत�� र शासकीय स्वरुपमा प्रस्तुत गरेको धारणा बटमलाइन नभइ विकल्प भएको भन्दै त्यसमा लचकता अपनाउन सकिने बताए । उनले संसदलाई समावेशी बनाउन सुधारिएको संसदीय व्यवस्थाको अवधारणा ल्याएको भन्दै माघ ८ गते कुनै पनि हालतमा संविधान जारी हुने दाबी गनु भएको उक्त साक्षात्कारमा एमाओवादीका  संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सत्तारूढ दल सहमतिलाई तोडेर प्रक्रियामा जान अग्रसर हुनु हिजो भएको सम्झौता विपरीत छ भन्दै परिवर्तनका विषयलाई स्वीकार गरेर वर्तमान सरकारकै नेतृत्वमा संविधान जारी होस् भन्ने आफ्नो दलको चाहना रहेको बताउँनु भएको थियो  भने अर्का  एमाओवादी नेता खिमलाल देवकोटाले भने सहमतिअनुसार अघि नबढे मुलुकमा संविधान बन्न नसक्ने दाबी प्रस्तुत गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930