शुक्रबार, चैत्र १७, २०७९

इस्लाम धर्मावलम्बीहरुले सोमबार बकर इद पर्व मनाइँदै, सरकारद्वारा सार्वजनिक बिदाको घोषणा

 काठमाडौं असोज १८, इस्लाम धर्मावलम्बीहरुले इदउल फित्रपछि मनाउँने अर्के ठूलो पर्व बकर इद (इदउल अजहा) कोजाग्रत पूणिर्माको अघिल्लो दिन अर्थात असोज २० गते Bakar Eid नेपाल लगायत विश्वभर रहेका मुश्लिम समुदायले मनाउँदै छन् । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व बकर इदको अवसरमा सरकारले देशभर सार्वजनिक पर्व बिदा दिने  निर्णय गरेको  गृहमन्त्रालयद्वारा जारी विज्ञप्तीमा  उल्लेख  गरिएको छ।

बकर इदका दिन इस्लाम धर्मावलम्बीहरुले आफन्त र इष्टमित्रलाई घर-घरमा बोलाएर मासुका मीठा- मिठा परिकार बनाएर खुवाउने र शुभकामना आदान प्रदान गर्ने गर्दछन । यसअघि  बिहानै नुहाइधुवाइ गरी राम्रा र सफा कपडामा अत्तर लगाएर इदगाह -इदको नमाज पढ्न मात्रै बनाइएको विशेष ठाउँ वा मस्जिदमा गई समूहमा नमाज पढिन्छ । नमाज पढेपछि एकापसमा गला मिलाएर इदमुबारकु भन्दै शुभकामना आदान प्रदान गर्दै यो पर्व मनाइन्छ ।

त्यसपछि कुर्बानीका लागि मुसलमानहरुले खसी, राँगा, भैंसी, भेडा, उँट, पाठीलगायतका जनावरलाई इदुजोहाको नमाज पढेर घर फर्केपछि बली चढाउने गर्दछन् । कुर्बानीको मासु तीन भाग लगाई एक भाग आफ्ना लागि र बाँकी दुइ भाग आफन्त र समाजमा बाँड्ने प्रचलन छ । नेपालमा रहेका मुस्लिम समूदायले भने राजधानीको घण्टाघरस्थित मस्जिदमा नवाज पढेर सामूहिकरुपमा यो पर्व मनाउने गर्दछन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930