सोमवार, चैत्र १३, २०७९

आयोगका अध्यक्ष र सदस्यहरूको सुनुवाइ आउँदो विहीवार र शुक्रवार

काठमाडौ असोज २८, व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ विशेष समितिले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यहरूको सुनुवाइ आउँदो विहीवार र humanशुक्रवार गर्ने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले विवादका बाबजुद सुनुवाइको समय निर्धारण गरेको हो । समितिको बैठकले बुधबार उजुरीकर्ताको उजुरी सुन्ने र उजुरीको विषयमा अध्ययन गर्ने र सुनुवाई प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको छ ।

प्रमुख तीन राजनीतिक दल सम्बद्ध सांसदहरूले मानवअधिकार आयोगका पदाधिकारी नहुँदा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन सम्बन्धमा समस्या परेको भन्दै विवाद गर्न नहुनेमा जोड दिनुभएको थियो ।

परिषद्ले सिफारिस गरेको सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मालाई आयोगको अध्यक्ष र प्रकाशचन्द्र वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मालाई सदस्यमा सिफारिस गरेको थियो । यसरी सिफारिस भएका अध्यक्ष शर्माउपर दुई, सदस्य प्रकाशचन्द्र वस्तीउपर दुई र सदस्य सुदीप पाठकमाथिवटा उजुरी परेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930