काठमाडौं असोज १७, वर्ष २०७१ को वडादसैंमा तिथि घटेर नवमी र दशमी आज एकैदिन परेको छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी र दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी मनाइँदैछ । आज नवमी तिथिमा टेकेर त्यसअन्तर्गतका पूजा–आराधना गरिन्छ
भने त्यस उप्रान्त दशमी तिथि सुरु भएपछि नवरात्रीको अन्तिम दिन अर्थात् शुभ विजयादशमीको टीका लगाइने भएको छ ।
यस वर्ष सूर्योदयकालमा महानवमी र त्यसपछिको समयमा विजयादशमी परेकाले महानवमी र विजयादशमी पर्व एकैदिन परेको हो ।
आजको दिन घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ भने आजका दिन आफ्ना मान्यजनबाट टीका थापेर र आफन्तजन सङग हार्दिकता सातासात गर्नुे परम्परा रहिआएको छ। यो क्रम आजदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।