काठमाडौ कात्तिक ७, आज यमपञ्चक अन्र्तगत तिहारको चौथो दिन आज गोवद्र्धन पर्वत र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायले आफ्नो
आत्मा पूजा गरी अर्थात म्ह पूजा गरी आजको पर्व मनाउने गरिन्छ ।
त्यस्तै आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधार वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन रही आएको छ ।वर���षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ ।