आइतवार, चैत्र १९, २०७९

आज छठ पर्वको सँझिया घाट मोफसल देखि राजधानीसम्म धुमधामका साथ मनाइदै

काठमाडौं कात्तिक १२ ,  _MG_3828sjh_road_photography_chhath_ranipokhari आज राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै आज छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै छ। गत सोमवार देखि सुरु भएको छठपर्व अन्तर्गत आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिने गरिन्छ । आज साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पूजा अर्चना सहित राजधानीको टङकेश्वर , गौरी घाट, , रानीपोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपरको हनुमानघाटलगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको आज साँझ भिड लाग्ने गर्दछ ।
त्यस्तै छठपवका व्रतीहरुले आज रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यको पूजाअर्चना सहित अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।

यसअघि मङगलवारका दिन ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्रीहरु प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930