काठमाडौं कात्तिक ३ , एनआइसी एसिया बैंकको रु एक लाख ६० हजारको दस्तखत गरेको चेक अनाधिकृतरुपमा प्राप्त गरी चेक साट्ने दुई जनालाई आज महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
हितेश अग्रवालको नाम रहेको उक्त चेकमा उल्लेख भएको रु एक लाख ६० हजार निकाली फरार रहेका शरणकुमार डङ्गोल र होमबहादुर तामाङलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले । लाजिम्पाटबाट पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।