शनिबार, बैशाख ८, २०८१

१३ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस, वरिष्ठता, कार्यक्षमता र कार्य दक्षतालाई धोती लगाएका आरोप

  काठमाडौ भाद्र १६,  गृहमन्त्रालयले १३ जना जना प्रहरी बरिष्‍ठ उपरीक्ष (एसएसपी)हरुलाई प्रहरी नायब महानिरीक्षक( डिआइजीमा) बढुवाका लागि 1 2सिफारिस गरेको छ।  गृहमन्त्रालयमा आइतबार राति अबेरसम्‍म बसेको बढुवा समतिको बैठकले उनीहरुलाई बढूवाका लागि सिफारिस गरेको हो।
गृह सचिव सुर्य सिलवालको अध्यक्षतामा गठित बढुवा सिफारिस समितिमा आईजीपी अर्याल सदस्य र मानवस्रोत विभागका एआईजी रमेशशेखर बजा्रचार्य सदस्य सचिव रहेके बढुवा समितिले १३ जना एसएसपीलाई डिआईजीमा बढुवाकालागी सरकारलाई सिफारिस गरेको हो ।

यसरी बढुवाका लागि सिफारिस हुनेहरुमा राम कुमार खनाल, मनोहर प्रसाद रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्‍याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रसाद पडासैनी, माधव प्रसाद जोशी, क��शरी राज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधव प्रसाद नेपाल छन्।

यसैवीच आईतबार बसेको बढुवा समितिले सिफारिस गरिएकाहरुमा डिआईजीकालागी योग्य भएको कतिपय अधिकारीहरुलाइ  व्यक्तिवादी शोचको आधारमा वरिष्ठता, कार्यक्षमता र कार्य दक्षतालाई धोती लगाउदै    कनिष्ट र भ्रष्ट अधिकृतहरुलाई बढुवाकालागी बढुवा सिफारिसबाट   गरिएको भन्दै अहिले प्रहरी वृतमा सिंगो प्रहरी संगठन हाँकीरहेको आईजीपी उपेन्द्रकान्त अर्यालप्रती उच्च प्रहरी अधिकृतहरु आक्रोषित बनेको समाचार स्रोतको दावी रहेको छ ।