शुक्रबार, बैशाख ७, २०८१

११औँ पटक अवरुद्ध संसदको बैठक आज अपरान्ह बस्दै , संसदको जारी गतिरोध खुलाउन सत्तारुढदलवीच छलफल

काठमाडौं असोज ७,  उच्चस्तरीय राजनीतिक संयन्त्र तथा चारबुँदे सहमतिको कार्यान्वयनको माग राख्दै एमाओवादी तथा मधेसी दलहरुले निरन्तर ४ बुँदे सहमतिको  कार्यान्वयनको  माग गदै प्रतिपक्षी दलहले सोमवारको स्रसदको बैठक पनि विनियोजन विधेयकमाथिको sambidhan-sabha2-214निर्धारित छलफलको कार्यसूचीमा प्रवेश नै नगरी ११औँ पटक अवरुद्ध भएको छ ।  बैठक सुरुभए लगत्तै विपक्षी दलका विधायकरू आ–आफ्ना आसनमा उठ्दै बैठकको अवरुद्धता सुरु गरेका थिए । तर सभामुख नेम्वाङले बारम्बार आसन ग्रहण गर्नुभयो तर विपक्षी विधायकरूले उहाँको आग्रहलाई वास्तै गर्नुभएन ।

यसैवीच यसरी पटकपटक अवरुद्ध हुँदा संविधान लेखनमा गति आउन नसक्ने निष्कर्ष सहित व्यवस्थापिका–संसद्को गतिरोध खुलाउन नेपाली काँग्रेस र नेकपा (एमाले) का शीर्ष नेताबीचको सोमवार साँझ भएको छलफलमा प्रमुख प्रतिपक्षी एमाओवादीले राखेको उच्चस्तरीय राजनीतिक समितिको क्षेत्राधिकारबारे विषयमा समझदारी कायम गर्ने मनस्थितीका साथ टुङ्गिएको बझिएको छ ।  प्रतिपक्षीको मागलाइ सम्बोधन गर्नका लागि काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले सत्तारुढदल एमाले सङग सोमवार भएको छलफल सकारात्मक भएको तर पनि आज दुई दल र तीन दलबीच छलफल भई अवरूद्ध संसद् खुलाउने बारेमा निर्णय गरिने जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को बैठक यही आज अपराह्न ३ बजे बस्दैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031