शनिबार, बैशाख ८, २०८१

सार्क सम्मेलनको तयारी तीव्र

काठमाडौ असोज १२, आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८औँ शिखर सम्मेलनका लागि महानगरपालिकाले सम्मेलन saarc-logoस्थल आसपासका क्षेत्र र प्रमुख सडकको सरसफाइ तथा मर्मत कार्यले आशातितरुपमा गति लिएको छ । सार्कको १८औँ शिखर सम्मेलन यसपटक नेपालको आयोजनामा आगामी मंसीर १० र ११ गते काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुँदैछ ।

उक्त सम्मेलनलाई लक्षित गरेर सरकारले सम्मेलन आसपासको क्षेत्रको मर्मत तथा व्यवस्थापन कार्यका लागि रु ६८ करोड ७० लाख विनियोजन गरेको छ । रत्नपार्क, रानीपोखरी, घण्टाघर, खुल्लामञ्च तथा विभिन्न पार्कको सजावटको कामका वृक्षरोपण, पुराना ढलको व्यवस्थापन, भित्री सडक निर्माण, रङरोगन तथा फोहोरमैला व्यवस्थापनलाई तीव्ररुपमा अगाडि बढाइएको महानगरपालिले जनाएको छ ।