शनिबार, बैशाख ८, २०८१

सशक्त मधेस संघर्षका अगुवा डा.राउत पक्राउ

CK_RAUT_20140914081227काठमाडौ भाद्र २९ स्वायत्त मधेस प्रदेशका लागि सशक्त सशस्त्र संघर्षमात्रै एक उत्तम मार्ग भन्दै सशस्त्र संघर्ष एवम् संगठनमा लागि परेको सप्तरीका डा. सीके राउत पक्राउ परेका छन् ।  एउटा भेलालाई सम्बोधन गरेर फिर्ने क्रममा स१च १५४ नम्बरको कारमा रहेका उनलाई प्रहरीले मोरङको रंगेलीबाट शनिबार पक्राउ गरेको हो । उनलाई रंगेलीबाट प्रहरीले गाडीमा विराटनगर ल्याएको स्रोतले बताएको छ । पक्राउका विषयमा प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन ।  मधेसमा विद्रोहको बाटो अख्तियार गर्न सक्ने भन्दै प्रहरीले राउत र जेपी गुप्ताका गतिविधिमाथि निगरानी गर्दै आएको छ ।