बुधबार, बैशाख १२, २०८१

सर्वदलीय राजनीतिक सभामा भाग नलिनु नेकपा माओवादीको गम्भीर भुल : उपप्रम सिंह

प्रसङ : गणेशमान सिंहको १७औँ दिवस

10710604_10152731058392329_8613720136046299730_nकाठमाडौ असोज २, आज गणेशमान सिंहको १७औँ  स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । यस क्रममा राजधानीमा गणेशमान सिंह फाउन्डेसनलेद्दारा आज शोभाभगवतीमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा–माओवादीले सर्वदलीय राजनीतिक सभामा भाग नलिएर संविधान निर्माणमा सहमति जुटाउन महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको छ ।

काँग्रेसले नयाँ संविधान सहमति र सहकार्यमा नै तयार गर्ने पक्षमा प्रतिवद्ध रहेको अवस्था आत्मासात गदै सभापति एवम् प्रधानमन्त्री कोइरालाले सर्वदलीय राजनीतिक सभा आव्हान गर्नु भएको हो तर उक्त सम्मेलन अयोजनाका दिन नेकपा–माओवादी अनुपस्थित रहदै सम्मेलनमा भाग नलिनु नेकपा–माओवादीको गम्भीर भुल गरेको उहाँले जिकिर गनु भएको थियो ।

साथै उपप्रम सिहले अझै पनि संविधान निर्माणमा सहमति जुटाउन सहकार्यका लागि काँग्रेस नेपाली नेकपा–माओवादीसित संविधान निर्माणमा सहमति जुटाउन सहकार्य गनर्् हदैसम्मको लचकताका साथ प्रस्तुत हुने बताउँनु भएको छ । मुलुकमा नेपाली प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंह लौहपुरुष हुनुहुन्थ्यो, उहाँकै योगदानबाट प्रजातन्त्रको स्थापना भएको उल्लेख गर्दै उहाँँले देख्नुभएको प्रजातान्त्रिक समाजवाद स्थापना गर्न पार्टीले ध्यान दिनुपर्नेमा विशेष जोड दिनु भएको थियो ।