शुक्रबार, चैत्र १६, २०८०

सर्लाहीमा प्रहरीको विशेष चेकजाँच अभियान

सर्लाही भाद्र २५, कृष्ण थपलिया /चाडपर्व नजिकिए सङंगै सर्लाहीमा प्रहरीले विशेष चेकजाँच अभियान सुरु गरेका छन । यसक्रममा मानिसको धेरै imagesआवत जावत हुने भारतीय सीमा नाका र सार्वजनिक सवारी साधनमा कडाईका साथ चेकजाँच गर्न थालिएको प्रहरी उपरीक्षक सुरेश बस्नेतले बताए ।

चाडपर्वको पूर्व सध्यामा सबै प्रहरी युनिटमा सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएको प्रहरी उपरीक्षक बस्नेतले भनाई रहेको छ । उनका अनुसार राजमार्ग र सीमा क्षेत्रमा रात्री गस्ती बढाईएको जानकारी दिदै उहाँले यसवीचमा हुनसक्ने संम्भावित अपराधिक गतीबिधिलाइ निरुत्सहित गर्न विशेष निगरानी सुरु गरिएको बताउँनु भएको छ ।

त्यस्तै आसन्न दशैँ, दिपावली र छठ जस्ता मूख्य चाडपर्वको अवसरमा सिमा मार्गमा तस्करहरुले अवैद्य माल सामान ल्याउन सक्ने भन्दै सीमा क्षेत्रमा रहेका प्रहरी युनिटमा सतर्कता अपनाईएको उनले बताउँदै चाडपर्व नजिकिँदै जाँदा चोरी डकैतीको घटना समेत हुने भएकाले सजक रहन प्रहरी प्रमुख बस्नेतले सवैमा आग्रह रहेको छ ।