शुक्रबार, बैशाख १४, २०८१

संसद्को बैठक आज पनि अवरुद्ध

काठमाडौ असोज २, व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार  गच्छदारले सहमति कार्यान्वयन गर्न सरकारले अलमल गरेकाले सदनको कामकारबाही अवरुद्ध गर्न आफूहरू बाध्य भएको बताउँदै बैठक अवरुद्ध गरेपछि आजको बैठकपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ।

सभामुख सुवास नेम्बाङले देश कठिन परिस्थितिमा रहेको बताउदै यसलाई अवरुद्ध नगरी निकास दिनेतर्फ लाग्न सरकार र विपक्षी दललाई अनुरोध गदै गर्दा अध्यक्ष विजयकुमार गच्छदारले  संविधान बनाउन र त्यसमा सहमति जुटाउन पनि उच्चस्तरीय राजनीतिक समिति अपरिहार्य भएको बताउँदै त्यसलाई सरकारले गम्भीररुपमा लिनुपर्ने माग गर्नु सहित आजको बैठक अवरुद्ध गर्नु भएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज ३ गते शुक्रवार अपराह्न १ बजे बस्नेछ ।