शुक्रबार, चैत्र १६, २०८०

संविधान निर्माण नै बोगटीप्रतिको श्रद्धा सुमन हुने नेताहरुको अभिव्यक्ति

काठमाडौ असोज ५, एमाओवादीका नेता पोष्टबहादुर बोगटीकोे स्मृतिमा पार्टी मुख्यालयमा आयोजित श्रद्धान्जली सभामा बोल्दै पार्टी अध्यक्ष Post-bahadur-Bogati1पुष्पकमल दाहाल प्रचन्द्रले नेकपामाओवादी लगायतका, वामपन्थीलाइ एकीकृत गरी निर्धारित मितिमा संविधान निर्माण गर्न सकेमात्��� पोष्टबहादुर बोगटीप्रति सच्चा श्रद्धा सुमन ञ्जलि हुने बताउनुभएको छ।

त्यस्तै अर्का वरिष्ठ नेता डा, बाबुराम भट्टराईले जनयुद्धको समयमा पार्टीभित्र अन्तरविरोध, विवाद र अप्ठ्यारो पर्दा बोगटीको आवश्यकता पर्ने गरेको सम्मरण गर्दै भावुक मुद्रामा पार्टीभित्र एकताका लागि उहाँले पु(याउँनु भएको योगदानका चर्चा गर्नु भएको थियो भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिकरण र शान्ति प्रक्रियामा बोगटीको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नु भएको थियो ।

त्यस्तै गरी श्रद्धान्जली सभामा नेकपा (एमाले)का सचिव गोकर्ण विष्ट, नेकपा–माओवादीका नेता सिपी गजुरेल, नेकपा (माले)का महासचिव सिपी मैनाली, राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक  राई, नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशी, खुम्बूवान मुक्ति मोर्चाका अध्यक्ष रामकुमार राई लगायतले बोगटीको  व्यक्तित्वको सम्बन्धमा चर्चा गर्नु भएको थियो ।