बिहिबार, बैशाख १३, २०८१

संविधानसभा एवम् व्यवस्थापिका संसदको बैठक स्थगित

10377492_653617494709226_6935178652250618311_nकाठमाडौ भाद्र ३०, सभामुख सुवासचन्द्र नेम्बाङले संविधानसभाको आजको बैठक प्रारम्भमा नै स्थगित गर्नुभएको छ । आज मध्याह्न ११ बजेर २५ मिनेट जाँदा सभामुख नेम्बाङले बैठक स्थगित भएको संविधानसभामार्फत जनाउ दिनुभएको हो । एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको आज बिहान असामयिक निधन भएका कारण बैठक स्थगित गरिएको हो ।

संविधानसभाको आगामी बैठक असोजको १ गते बुधबार ११ बजे र व्यवस्थापिका–संसदको बैठक सोही दिन ५ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।