बिहिबार, बैशाख १३, २०८१

शासकीय स्वरुप लगायतका प्रसङगमा प्रमुख दलका शीर्ष नेताहरूवीच छलफल

काठमाडौ भाद्र १७, मुलुकका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको आज बिहान बसेको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुपको  biccविषयमा केन्द्रित रहेर छलफल भएको छ । प्रस्तावित नयाँ संविधानमा कस्तो शासकीय स्वरुप अपनाउने तथा राज्य पुनःसंरचना कसरी गर्ने र कतिवटा प्रदेश बनाउने, नाम के राख्ने भन्ने विषयमा परामर्शका लागिसंवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको आग्रहमा संविधानसभा सचिवालय सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुप सम्बन्धमा दलगत धारणा प्रस्तुत भई त्यसमाथि छलफल भएको हो । ।

बैठकपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पत्रकारहरुसङग कुरा गदै राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा प्रमुख तीन दलले आ–आफ्नो धारणा सहित र छलफल भउको जानकारी दिदै प्रस्तावित विषयहरुमा कार्यतालिका बमोजिम २१ गतेसम्ममा सहमति कयम गछौं त्यो पनि संचव भएन भने संविधानसभामा पठाउँने र त्यहि बछ नितिगत निणर्य हुने बताउँनु भएको छ।