बुधबार, बैशाख १२, २०८१

वीरता र साहसका प्रतिमूर्ति गणेशमान सिंह प्रेरणाको स्रोत : वक्ताहरु

काठमाडौ असोज २, नेपाल विद्यार्थी सङ्घ, काठमाडाँै जिल्ला समितिद्वारा १७ औं गणेशमान सिहं स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले गणेशमान राजनीतिकर्मीहरुका लागि अनुकरणीय व्यक्तित्व भएको धारणा राख्नु भएको छ ।

कार्यक्रममा काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले व्यक्तिगत स्वार्थबाट माथि उठेर राष्ट्रिय हितका लागि गणेशमान सिंहले पु¥याउनु भएको योगदान र उहाँको विचारलाई सबैले आत्मसात गर्नुपर्ने बताउनुभएको थियो भने काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद नवीन्द्रराज जोशीले त्याग, वीरता र साहसका प्रतिमूर्ति सिंह भावी पुस्ताका लागि पे्ररणाको स्रोत भएको बताउँदै गणेशमानजी देखाउँन भएको मार्ग अख्तियर गर्नु आजको आवश्यकता भएको बताउँनु भएको थियो ।  त्यस्तै कार्यक्रममा काठमाडौ काँग्रेस क्षेत्र नं.१ का सभापति हिरालाल तण्डुकार काठमाडौं तरुण दलका अध्यक्ष गोकर्ण केसी र नेविसङघ काठमाडौँका अध्यक्ष मनोज वैद्य लगायतले सिंहले नेपाल र नेपालीका लागि पु-याएको योगदानका प्रसङमा बोल्नु भएको थियो ।