शुक्रबार, चैत्र १६, २०८०

विविध कार्यक्रम सहित आज वालदिवस मनाइदै

काठमाडौ भाद्र २९, बालबालिकका कुरा सुनौ, बाल दुव्र्यवहार अन्त्य गरौ भन्ने मर्मलाइ अत्मासात गर्दै बालबालिकका क्षेत्रमा काम गर्ने सरकारी create_thumbतथा गैरसरकारी सस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् । आज भदौ २९ गते अर्थात राष्ट्रिय वाल दिवस । बालअधिकार महासन्धीमा नेपालले २० वर्ष अघि हस्ताक्षर गरेको दिन पारेर पाँच बर्ष अघिदेखि प्रत्येक बर्ष राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । बालअधिकार महासन्धीमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान, बस्न, पढ्न, लेख्न, खेल्ने व्यवस्था अनिवार्यरुपमा गर्नु पर्ने प्रावधान छ । तर नेपालमा भने यस्ता धेरै विषय नारामा मात्रै सिमित भएका छन ।

यसैवीच बाल दिवसको सन्दर्भमा सुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालले बालबालिका माथि हुने हिसां र दुव्र्यवहारको रोकथामा र घटनाबाट प्रभावित बालबालिका र सम्वद्ध परिवारको सम्मानजनक सामाजिक पुनस्र्थापनका लागि सहकार्य गर्न सरोकारवालालाई आव्हान गरेका छन् ।

यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले बालबालिकको विशेष आवश्यकताहरुको याथोचित समम्मान र सम्वोधनका लागि आफूहरु क्रियाशिलताको गाति बढाउनेतर्फ सचेत भएको बताएकी छन् । नेपालले बालअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी १९८९ अनुमोदन गरेको आजबाट २५ वर्षमा प्रवेस गरेको छ । नेपालको अन्तरिम संविधानले पनि बाल अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ ।