शनिबार, बैशाख ८, २०८१

राष्ट्र बैंकद्दारा आजदेखि नयाँ नोट वितरण सुरु

काठमाडौं असोज १, नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली homepageimages_100511043001410629002र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म ४० देखि ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न सुरु गरीने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । यस वर्ष पाँच, १०, २०, ५० र १०० दरका नयाँ नोटहरू सर्वसाधारणका लागि वितरण गर्न थालिएकोे नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।