शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय मानवाधिकार आयोगको अध्यक्षमा शर्मा

humanकाठमाडौ असोज २, प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आज बसको संवैधानिक परिषद्को बैठकले राष्ट्रिय मानवाधिकार आयोगको अध्यक्षमा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

त्यस्तै गरि बैठकले अयोगका सदस्यहरुमा क्रमस प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय निर्णय गरेको छ । यसरी सिफरिस भएका दपदाधिकारीहरुको परिषदले गरेको सिफरिसमा संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।