बुधबार, बैशाख १२, २०८१

राजनितीमा स्थापित हुँन पहिले जनताको ह्दयमा स्थापित हुनु पर्नेमा उपप्रम सिहंको जोड

प्रसङग लोकनायक गणेशमान सिंहको १७ अ‍ै स्मृति दिवस:

काठमाडौं असोज ३, नेपाल प्रेस युनियनले आज राजधानीमा आयोजना गरेको लोकनायक गणेशमान सिंहको १७ अ‍ै स्मृति दिवससम्बन्धी प्रवचन कार्यक्रमलाइ सम्बोधन गदै नेपाल सरकारका उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री  प्रकाशमान सिंहले राजनितीमा दूरदृष्टि दिनसक्ने सादा जीवन भएको र पार्टीभन्दा देश र जनतालाई विशेष आधार मान्दै नेतृत्व गर्ने व्यक्तिलाई मात्र आजको समाजले स्विकार गर्ने बताउँनु भएको छ।

त्यस्तै  सम्बोधनको  क्रममा उहाँले राजनितिको धरातलमा स्थापित हुँन पहिले जनताको ह्दयमा स्थापित हुनु पर्ने र यसका लागि राम्रो चरित्र र निष्ठाको महत्वपूण स्थान रहेको  बताउनु  भएको थियो ।  त्यस्तै प्रवचन कार्यक्रममा वरिष्ठ पत्रकारहरु क्रमस हरिहर विरही, कुलचन्द्र वाग्ले ,तारानाथ दाहाल,पुरुषेतम दाहाल र पत्रकरहरु किरण पोखरेल, शिव लम्साल, पोषण केसी, तेजप्रकाश पण्डित,बद्री सिग्देललगायतकाले लौह परुष गणेशमानको त्याग, तपस्या र साहसलाई कहिल्यै भुल्न नहुने बताउँदै उहाँको व्यक्तित्वबारे आ–आफ्नो स्मरण व्यक्त गर्दै राजनितिमा होस  वा संस्थामा गुट उपगुटको आवरण सिर्जना गर्न नहुँनेमा जोड दिनु भएको थियो ।