बिहिबार, बैशाख १३, २०८१

युक्रेनमा जारी युद्ध अन्त्यका लागि सरकार र पृथकतावादीहरुबीच शान्ति सम्झौता

140903103622_troops_624x351_apएजेन्सी असोज ४, युक्रेन सरकार र रुस समर्थित पृथकतावादीहरुबीच पूर्वी युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा शान्ति सम्झौता भएको छ । बेलारुसको राजधानी मिन्स्कमा भएको वार्तापछि दुबै पक्षका नेताहरु शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका हुन् । शान्ति सम्झौताअनुसार युक्रेन र पूर्वी युक्रेनको सीमामा ३० किलोमिटरको मध्यवर्ती क्षेत्र कायम गरिने छ । उक्त क्षेत्रलाई सैनिक उडान निषेधित क्षेत्र घोषणा गरिनेछ भने दुबै पक्षबाट ���लिरहेका विदेशी लडाकुहरुलाई फिर्ता बोलाइनेछ ।

पूर्वी युक्रेनमा रुस समर्थित पृथक्तावादीहरुले विद्रोह सुरु गरेयता झन्डै ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । युक्रेन लगायतका पश्चिमी राष्ट्रहरुले रुसले विद्रोहीलाई सहयोग गरेको र कतिपय ठाँउमा रुसी सेनाले प्रत्यक्ष रुपले विद्रोहीलाई सघाएको आरोप लगाएका छन् भने रुसले उक्त आरोप खन्डन गर्दैै आएको छ ।