बिहिबार, बैशाख १३, २०८१

ब्रह्म टोल स्पोर्टस् क्लबलद्दारा ज्येष्ठ नागरिक सम्मानीत

काठमाडौ भाद्र २८, ब्रह्म टोल स्पोर्टस् क्लबले ७७ वर्ष नागेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । क्लबले आज यहाँ एक कार्यक्रमको आयोजना गरी काठमाडौ  महानगरपलिका वडा नं १२, ब्रह्म टोलका १४३ जना ज्येष्ठ नागरिकलाई न्याय संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य र सभासद् ध्यानगोविन्द रञ्जितको प्रमुख आतिथ्यतामा सम्मान गरेको हो ।

सम्मान कार्यक्रमलाइ सम्बोधन गदै मन्त्री मन्त्री आचार्यले समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइनुपर्नेमा जोड दिनुभएको थियो भने सभासद रञ्जितले ज्येष्ठ नागरिकहरुबाट हामीले सन्देश सहितको प्रेरणा लिदै समाज परिवर्तनको संवाहक बन्न पर्ने बताउँनु भएको थियो ।