शनिबार, बैशाख ८, २०८१

बिपीलाई काँग्रेसले बिर्सिएको छैन: प्रधानमन्त्री कोइराला

काठमाडौ भाद्र२५, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बिपी र प्रजातान्त्रिक समाजवादलाई नेपाली काँग्रेसले 10612985_10152712390757329_4609671868686703323_nनबिर्सिएको बताउनुभएको छ । बिपी जन्मशताब्दीको अवसरमा नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मङलवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा बिपी विचार यात्रा समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले बिपीकै पथप्रदर्शनमा नेपाली काँग्रेस अगाडि बढेकाले बिपी र प्रजातान्त्रिक समाजवादलाई नेपाली काँगे्रसले कहिल्यै नबिर्सिएको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सुन्दरीजल बन्दीगृहमा बन्दी जीवन बिताएका नेताहरू दिवानसिंह राई, योगेन्द्रमान शेरचन र रामनारायण मिश्रको प्रतिमाको अनावरणसमेत गदै काँग्रेस नेता रामहरि जोशीलाई बिपी कोइराला सेनानी सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता शेरबहादुर देउवाले बिपी कोइरालाले सोचेअनुरुपको प्रजातान्त्रिक मूल्य मान्यतासहितको संविधान निर्माण गरेर बिपीको विचारलाई सार्थक बनाउँनु पर्नेमा जोड दिनु भएको थियो भने प्रशिक्षण प्रतिष्ठान प्रमुख रामचन्द्र पौडेलले नैतिक मूल्य मान्यतासहितको राजनीतिका पक्षमा नेपाली काँग्रेस लाग्ने बताउनुभएको थियो ।

समापन कार्यक्रममा उपप्रधानमन्त्री एवम् पार्टी महामन्त्री प्रकाशमान सिंह महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ जोस र जाँगरका साथ बिपी विचारलाई अगाडि बढाउन बिपीकै प्रेरणाअनुरुप काँग्रेसले कार्यक्रम अगाडि बढाउनुपर्ने जोड दिनु भएको थियो ।