शुक्रबार, चैत्र १६, २०८०

बसको ठक्करबाट साइकल यात्री राइको मृत्यु

काठमाडौ भाद्र ३१, आज बिहान सामाखुसी सडकखण्डमा बा३ख १६२८ नम्बरको मध्यउपत्यका यातायातको बसले ठक्कर दिँदा अन्दाजी २० वर्षीय राजकुमार राईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । बिहान करिब ५ बजे बसको ठक्करबाट साइकल यात्री राईलाइ नयाँ बसपार्कबाट महाराजगन्जतर्फ जाने क्रममा बसले ठक्कर दिएको हो ।

बस चालक लोकप्रसाद पौड्यालसहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईको शव परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।