शुक्रबार, चैत्र १६, २०८०

प्रोपोगान्डाका समाचारलाई निरुत्साहित गर्न सञ्चारकर्मीलाइ मन्त्री डा.रिजालको आग्रह

काठमाडौ असोज १०, नेपाल प्रेस युनियनका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज मन्त्री निवासमा आयोजित चियापान समारोहलाई Minendra-Rijalसम्बोधन गर्दै सरकारका प्रवक्ता सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सरकार निष्पक्ष र स्वतन्त्र पत्रकारिताको पक्षमा अडिग रहेको बताउदै केहि दिन यता आफ विरुदका नियोजित समाचार प्रकाशनमा आएकोमा गुनासो व्यक्त गर्दै प्रोपोगान्डाका समाचारलाई निरुत्साहित गर्न स्वयं सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने बताउँनु भएको छ ।

त्यस्तै मन्त्री रिजालले विधिको शासन र भ्रष्टाचाररहित समतामूलक समाज निर्माणमा प्रेसको महत्वपूर्ण भूमिका रहने धारण व्यक्त गर्दै युनियनका नव निर्वार्चित वर्तमान अध्यक्ष बद्री सिग्देलको नेतृत्वकोटोलीलाई लाई धन्यवाद सहित विजया दशमी, शुभदिपावली छठ तथा इदका अवसरमा सबैलाई शुभकामना पनि दिनुभएको थियो ।