बुधबार, बैशाख १२, २०८१

 प्रम कोइरालाल मन्त्रिपरिषद पुर्नगठनको तयारीमा, काँग्रेसको तर्फबाट सहभागी तीन मन्त्री सरकारबाट बाहिरिदै

काठमाडौ  असोज  १,   प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार अमेरिका प्रस्थान गनृअघि नै मन्त्रिपरिषद susilपुर्नगठन तथा हेरफेरको तयारी गरेको उहाँ निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल, शिक्षा मन्त्री चित्रलेखा यादव र सहरी विकास मन्त्री डा नारायण खड्कालाई सरकाबाट फिर्ता बोलाउँदै काँग्रेस नेता अर्जुननरसिंह केसी,आनन्दप्रसाद ढंगाना, दिलेन्दप्रसाद बडु र पद्मनारायण चौधरीमध्ये तिन जनालाई मन्त्री बनाउने र बाँकी साना दललाई छुट्याएको मन्त्रालयमा पनि कांग्रेस र एमालेबीच बाँटफाँट गर्दै केही राज्यमन्त्री थप्ने तयारी गरेको बुझिएको छ ।

यस अघि सत्ता साझेदार दल एमालेले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ लाई पठाए लगत्तै प््रम कोइरालाले पनि मन्त्री फिर्ता बेलाउँने अभियान कार्यान्वयन गर्नका लागि यि तीनै जना मन्त्रीको कार्यशैली चित्तबुझ्दो र प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री कोईरालाले आफु र आफु निकटका सहयोगी मार्फत तीन जना मन्त्रीलाई हटाउँन लागेको स्रोताका दावी रहेको छ।