मङ्लबार, बैशाख ४, २०८१

पुर्व राजा ज्ञानेन्द्र शाहलाई हृदयघात,स्वास्थ्य अवस्था सुधारउन्मुख

काठमाडौं असोज ५, गएराति राती १०: ३० बजे  अचानक हृदयघात भएपछि अस्पताल भर्ना हुनु भएका पुर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ । शाहलाई सामान्य हृदयाघात भएकाले उपचार जारी राखिएको र उहाँ खतरामुक्त रहेको उपचारमा संलग्न ex kingचिकित्सकहरुले जनाएका छन् ।

अस्पतालस्रोतका अनुसार गएराति नै पुर्वराजा ज्ञानेन्द्रलाइ उपचारका क्रममा कोरोनरी रक्तनलीलाई एन्जियोप्लाष्ट तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको जनाएको छ । त्यस्तै पुर्वराजा ज्ञानेन्द्रको उपभारमा उपचारमा संलग्न वरिष्ठ चिकित्सक डा भरत रावतले पूर्व राजाको स्वास्थ्य अवस्था हाल सामान्य रहनुको साथै सुधारउन्मुख रहेको र रक्तचाप र हृदयगती सामान्य रहेको जानकारी दिनुभएको छ ।

यसैवीच विभिन्न सङघ सस्थाहरुले पुर्वराजा ज्ञानेन्द्रको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन । पूर्व राजा शाहको नर्भिक अस्पतालको विशिष्ट कक्षमा उपचार भइरहेको छ भने  पूव राजालइ हृदयघात भएको जानकारी आएपछि राजावादी नेता कार्यकर्ताहरु उहाँको स्वास्थ्य अवस्था बुझेनका लागि   थापाथली पुगेको थाहा भएको छ ।    अस्पत्तालमा पुर्व राजपरिवारका सदसयहरु पुर्व रानी कोमल, युवरागी हिमानी, निजी सचिव लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031