शनिबार, बैशाख ८, २०८१

पार्टी एकताका लागि एमाओवादी अध्यक्ष दाहालद्दारा वैद्यलाई पत्राचार

काठमाडौ असोज ६, पार्टी एकताका लागि ए माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज नेकपा–माओवादीका अध्यक्ष मोहन वैदलाई पत्रचार prachanda-baidhya-390x283गर्नु भएको छ । माओवादीका अध्यक्ष वैद्यले गत वैशाख २३ गते पार्टी एकताका लागि अगाडि सारेको छबुँदे प्रस्तावको आज जवाफ दिँदै उहाँले कायगत एकता मात्र नभइ पार्टी एकताको लागि पत्र लेख्नु भएको एमाओवादीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमाओवादीको विराटनगर राष्ट्रिय सम्मेलनले पनि एकताको प्रस्ताव पारित गरेको बताउँदै अध्यक्ष दाहालले पठाएको पत्रमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने र माओवादलाई आत्सात् गर्ने निर्णय नै महत्वपूर्ण विषय भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।