बुधबार, बैशाख १२, २०८१

नेकपा–माओवादीले उठाएका मागका सम्बन्धमा गम्भीर छलफल गर्ने सहमति

काठमाडौ भाद्र १८, नेकपा–माओवादीले उठाएका सर्वपक्षीय राजनीतिक सभालगायतका आठबुँदे मागका सम्बन्धमा प्रमुख तीन राजनीतिक दल र नेकपा–माओवादीबीच थप छलफल गरिने भएको छ । प्रधानमन्त्री सुशील कोइरालको संयोजनमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न 3 dall ko logoप्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र नेकपा–माओवादीबीच अरु दुई दिन दलहरूबीच गम्भीररूपमा छलफल गर्ने सहमति भएको हो ।

एनेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईका अनुसार संविधान निर्माणका सम्बन्धमा संविधानसभाबाहिर रहेको दललाई संविधान निर्माणका सन्दर्भमा सहमति कायम गराउने लक्ष्यअनुरूप सम्वादको प्रक्रिया सुरु भएकोे गरिएको हो । संविधान निर्माणमा सवै दलको सहभागिता कायम गराउने उद्देश्यका साथ आज बसेको बैठकमा नेकपा–माओवादीले उठाएको सर्वपक्षीय गोलमेच सम्मेलनको ढाँचालगायतका विषयमा आगामी बिहीबारसम्म दलहरूबीच गम्भीर छलफल गरी त्यही दिन साँझ दलहरूको औपचारिक बैठक बस्ने उहाँले जानकारी दिनुभएको छ ।