बुधबार, बैशाख १२, २०८१

नव नियुक्त मन्त्रीद्वयद्दारा सपथ पछि पद बहाली

काठमाडौ भाद्र २९, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री दीपकचन्द्र अमात्यले आज पद बहाली गर्नुभएको छ । पद बहालीका mahesh_20140912082339क्रममा मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले मन्त्रालयका गतिविधिबारे मन्त्री अमात्यलाई जानकारी गराउनुभएको थियो ।
त्यस्तै सचिव श्रेष्ठले नेपालको अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण भूमिका हुने भएकाले यसमा संवेदनशील भएर काम गरिने बताउँदै मन्त्री र मन्त्रालयका कामकारबाहीमा कर्मचारीका तर्फबाट २४सै घन्टा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसैवीच नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतले पनि आज मन्त्रालयमा पद बहाली गर्नुभएको छ । मन्त्रालयका सचिव उत्तमकुमार बस्नेतले मन्त्रालयका गतिविधिबारे मन्त्री बस्नेतलाई जानकारी गराउनुभएको थियो । त्यस अवसरमा मन्त्री बस्नेतले मुलुकमा उद्योगको विकास विस्तार र रोजगारी सिर्जना गर्नेलगायत कुरामा मन्त्रालय मातहतका विभागीय प्रमुख र कर्मचारीबीच आपसमा छलफल र परामर्श सहित अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यस अघि राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा आयोजित समारोहमा अमात्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र बस्नेतले उद्योग मन्त्रीका रूपमा शपथ लिनुभएको हो ।