ललितपुर असोज ६, ललितपुर स्थित नख्खु कारागारमा वनसम्बन्धी मुद्दामा १५ वर्ष जेल जीवन बिताइरहेका जु याङ खा नामका चिनियाँ कैदी आज उपचारका क्रममा फरार भएका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक पवन गिरीका अनुसार पाटन अस्पतालमा उपचार गर्ने क्रममा बिहान उनी फरार भएको जानकारी दिदै निजको खोजीकार्य भइरहेको जानकारी दिनु भएको छ ।