बिहिबार, चैत्र १५, २०८०

तत्काल महाधिवेशन आयोजक समिति गठनको माग गर्दै विद्यार्थी नेता आमरण अनशनमा

काठमाडौ भाद्र २८, निर्धारित मितिको एक दिन अगाडिमात्र स्थगन गरिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको मिति तत्काल तोक्न nebisanghaअध्यक्षका उम्मेद्वारहरूले पार्टी नेतृत्व समक्ष माग गरेका छन् । महाधिवेशन स्थगन भएपछि आज आयोजित कार्यक्रममा अध्यक्षका उम्मेद्वारहरु क्रमस गणेश भट्ट, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, जीतजँग बस्नेत, नीलकण्ठ रिजाल, राजीव ढुङ्गाना र नैनसिंह महरलगायतले मतादाता नामावलीमा रहेको विवाद छिटो टुङ्ग्याएर एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गर्नुभएको हो ।

त्यस्तै नेविसङ्घका प्रवक्ता युपी लामिछाने पार्टीको निर्देशनमा मतदाता नामावली एक हप्ताभित्र टुङ्ग्याउनका लागि अहिलेलाई महाधिवेशन स्थगित गरिएको बताउँदै एक साताभित्र मतदाता नामावली बुझाएपछि १५ दिनमा पार्टीले महाधिवेशनको नयाँ मिति घोषणा गर्ने जानकारी दिनुभएको थियो ।

यसै वीच सङ्घका वर्तमान केन्द्रीय सदस्य समिति भंग गर्नुपर्ने मागसहित माउ पार्टी कांग्रेस पार्टी कार्यालय अघि आमरण अनसन सुरु गरेका छन् ।
भोलिदेखि काठमाडौंमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा भंग भएपछि केन्द्रीय सदस्य गणेश सापकोटा र त्रिवि केन्द्रीय क्याम्पसका पूर्व ईकाई सभापति शंकर पौडेलले अनसन सुरु गरेका हुन् । रञ्जित कर्ण नेतृत्वको वर्तमान केन्द्रीय समिति भंग गरेर पार्टीले महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने उनीहरुको माग छ ।  देशभरका प्रतिनिधि महाधिवेशनमा सहभागी हुन काठमाडौं आइसकेपछि नेवि संघको महाधिवेशन अन्तिम समयमा स्थगित भएको हो ।