बिहिबार, चैत्र १५, २०८०

छतबाट खसेर युवकको मृत्यु

काठमाडौ भाद्र २७, उच्च शिक्षाको लागि विदेश जाने तयारीमा रहेका जनकपुर नगरपालिका–४ का स्थायी बासिन्दा २६ वर्षीय राकेश गिरीको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। हाल कामपा कुमारीगाल ८ मा अस्थायी बसोबास गर्दै आएका गिरी गएराति करिब २५ फिटको उचाइबाट खसेर गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो ।