बिहिबार, चैत्र १५, २०८०

चीनका राष्ट्रपति भारत जाँदै

एजेन्सी असोज १, चिनियाँ राष्ट्रपति सि जिनपिङले आजदेखि भारत भ्रमण गर्दै छन् । उनी आज दिउसो गुजरातको राजधानी अहमदाबाद पुग्ने छन् । downloadपत्नी पेंग लियुआनसहित राष्ट्रपति सि श्रीलंका हुँदै अहमदाबाद जान लागेका हुन् । भारत भ्रमणमा रहँदा चीनका राष्ट्रपति सिले दुई देशबीचका विभिन्न मुद्दामा छलफल तथा सम्झौता गर्ने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा जान लागेका उनले दुई देशबीचको सीमा, आपसी सम्बन्ध, व्यापारिक सम्बन्ध लगायतका बिषयमा छलफल गर्नेछन् । स्वतन्त्र तिब्बतका अभियन्ता दलाई लामाका समर्थकहरु भारतमा लुक्दै आएको र उनीहरुले विभिन्न गतिविधि गर्दै आएकोप्रति चीनले विभिन्न समयमा भारतको ध्यानाकर्षण गराउँदै आएको छ । भ्रमणमा यस विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।