शनिबार, बैशाख ८, २०८१

गुट उपगुटका पछाडि नलागी पत्रकारिताको सिद्धान्त र पार्टीको विचारप्रति प्रतिबद्ध रहन प्रम कोइरालाको आग्रह

काठमाडौ भाद्र २८, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गत भाद्र २१र २२ गते पोखरामा सम्पन्न महाधिवेशनबाट नेपाल प्रेस युनियनका नवनिर्वाचित कार्यसमितिलाई बधइ ज्ञापन गर्न आज प्रम निवास बालुवाटामार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै कुनै गुट 10659169_10152353354944607_1630883161015915265_nउपगुटका पछाडि नलागी पत्रकारिताको सिद्धान्त र पार्टीको विचारप्रति प्रतिबद्ध रहदै संस्थाको मान्छे बन्न संस्थाको मान्छे बन्न आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रम कोइरालाले मुलुक अव छिट्टै शान्ति र स्थायित्व कायम भई समृद्धितर्फ लम्कने बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबै दल, सङ्घसंस्था, बुद्धिजीवी तथा आमनागरिक एकजुट भएर अघि बढ्नुपर्ने भन्दै तोकिएको समयमा लोकतान्त्रिक संविधान बन्ने आशा व्यक्त गर्दै त्यसको तयारीका लागि सर्वपक्षीय राष्ट्रिय भेलाको समयसमेत तोकेर संविधानसभा बाहिर रहेका दलहरूलाई पनि सहमतिमा ल्याइने विश्वास व्यक्त गनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै बधाइ ज्ञापन कार्यक्रममा काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले युनियनको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुहुँदै काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान निर्माण भइरहेकाले त्यसमा युनियनमा आवद्ध पत्रकारहरूले आ–आफ्नो सञ्चारमाध्यममार्फत सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनलाई गुट उपगुट नभएर एकढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक संविधान निर्माणमा सञ्चारमाध्यममार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने महासचिव अजयबाबु सिवाकोटीले युनियनको हालैसम्पन्न महाधिवेशनको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै पदस्थापन कार्यक्रमका लागि आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ ।