बिहिबार, बैशाख १३, २०८१

काँग्रेसको सदस्यता नवीकरणको म्याद आगामी मङ्सिर सम्मका लागि थप

काठमाडौ असोज ५, नेपाली काँग्रेस केन्द्रीय समितिका आज सम्पन्न बैठकले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन फारम मङ्सिर मसान्तभित्र अनिवार्यरुपमा केन्द्रमा बुझाउने गरी म्याद थप गर्ने निर्णय गरेको छ ।

10665801_319407531564758_3612759740594136211_nपार्टी कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको आजको बैठकमा पार्टीको आगामी महाधिवेशन आगामी भाद्र भित्र गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुको अलावा आवश्यक प्रक्रिया अनिवार्य पूरा गरी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता आवेदन फारम आउँदो मङ्सिर मसान्तभित्रमा जिल्लाले अनिवार्य रुपमा केन्द्रमा बुझाउने गरी म्याद थप गरिएको केन्द्रबाट जारी परिपत्रमा उल्लेख गरिएको छ । त्यस्तै उक्त परिपत्रमा आजको बैठकले नेविसङघको महाधिवेशनको नयाँ मिति घोषणा लगायतको निर्णय गरेको उल्लेख रहेको छ ।