शुक्रबार, चैत्र १६, २०८०

कक्षा १२ को परीक्षाफल प्रकाशित,२४६ जना परीक्षार्थीको परीक्षाफल स्थगित र रद्ध

HSEBभक्तपुर असोज १२   उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ एक लाख ९१ हजार ४९६ जनाले परीक्षा दिएकामा ७४ हजार ६६४ जना उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख ३६ हजार १५५ जना परीक्षार्थीले परीक्षा दिएकामा ४० हजार ८२ जना अर्थात् ३० प्रतिशत उत्तीर्ण भएका छन्  ।  परीक्षामा नियमित र आशिक तफ गरि कुल २४६ जना परीक्षार्थीका परीक्षाफल स्थगित र रद्ध गरिएको रद्द गरिएको परिषद्ले जनाएको छ ।