बिहिबार, चैत्र १५, २०८०

आज साँझ संविधानसभाको बैठक बस्दै

संविधान निर्माणको कार्यतालिका परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न संविधानसभाको बैठक बस्दै

  काठमाडौं भाद्र २६, संविधान निर्माणको कार्यतालिका परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न संविधानसभाको बैठक आज बस्दैछ । सभामुख सुवास नेम्वाङले संविधानसभाको बैठक आज साँझका लागि आह्वान गरेका हुन् । अघिल्लो संविधानसभाका सहमति र असहमतिका विषय  biccनिक्र्योल गरिएका प्रतिवेदनमाथिको छलफल सकिएपछि गत आषाढ १६ गते संविधानसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । आज बस्ने संविधानसभाको ५२ औं बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।

यसअघि हिजै संविधानसभाको बैठक बस्ने तयारी भए पनि तीन दलबीच सहमतिको प्रयास भएको र संवाद समितिको प्रतिवेदनको छपाई नसकिएको भन्दै आजका लागि बैठक स्थगन गरिएको थियो । दलहरुबीच सहमति जुटाउने म्याद भदौ २१ मै सकिएपछि संवाद समितिले संविधानसभालाई प्रतिवेदन बुझाएको थियो । यसैबीच संविधानसभा बैठक अघि आजै व्यवस्थापिका संसदको बैठक पनि बोलाइएको छ । एमाओवादीसहितका विपक्षी दलको अवरोधका कारण बुधबार बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै विपक्षीहरुले बुधबार चौंथोपटक संसद बैठक अवरुद्ध गरेका थिए । दलहरुबीच सहमति नभएकाले आज पनि संसद बैठक सुचारु हुनेमा भने आशंका रहेको सम्बद्ध स्रेतको दावी रहेको छ ।