बिहिबार, बैशाख १३, २०८१

आज नेकपा माओवादीको सहितको सहमतिमा सर्वदलीय सम्मेलन हुँदै 

काठमाडौ भाद्र ३१, प्रमुख तीन राजनीतिक दल एवम् नेकपा एमाओवादीको सहितको सहमतिमा आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सर्वदलीय round-chairराजनीतिक सम्मेलन हुँदैछ । प्रस्तुत सम्मेलनले संविधानसभामा र बाहिर रहेका दलका प्रतिनिधि सम्मिलित सो सम्मेलनले संविधानका अन्तर्वस्तुका छलफल गरी शीर्ष नेतासमक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । सम्मेलनमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, एमाओवादी र नेकपा–माओवादीबाट पाँच पाँच र अन्य दलबाट एक एक प्रतिनिधिको सहभागिता रहने यस अभिनै तय भएको सम्मेलन अयोजना कार्यविधीमा उल्लेख गरिएको छ ।

सम्मेलनले मुख्यत संघीयता, शासकीय स्वरुप, निर्वाचनप्रणालीसहितका विषयमा राष्ट्रिय सहमती खोज्ने र सम्मेलनमा बाहिर रहेका मोर्चाको धारणा सुनेपछि प्रमुख दलले सम्मेलनको दोस्रो संस्करणबारे आवश्यक निर्णय गर्ने तयारी भएको बुझिएको छ।