शुक्रबार, बैशाख १४, २०८१

आजबाट विशेष सुरक्षा योजना सुरु

काठमाडौ असोज १, महानगरीय प्रहरीले चाडपर्वलाई लक्षित गरी उपत्यकामा आजबाट बिशेष सुरक्षा योजना लागू गरेको छ । नेपालीहरुको महान hanuman-dhoka-policeचाड दसैं, तिहार, छठ तथा ईद पर्वलाई ध्यानमा राखी प्रहरीले उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडबाड बिशेष सुरक्षा कार्यक्रम लागू गरेको हो । विशेषगरी चाडबाडको बेला उपत्यकामा हुने पकेटमारी, चोरी, डकैती, लुटपाट, चन्दा आतंक, अपहरण र फिरैतिजस्ता अपराध नियन्त्रण गर्न प्रहरिले यस्तो योजना लागु गरेको महानगरीय प्रहरीले जनाएको छ ।

यो अवधिमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, मिसावट तथा कालोबजारी गर्ने व्यापार व्यावसायीहरुको तथ्याङ्क संकलन गरी कानुनी कारबाही गरिने भएको छ । चाडबाड बिषेश सुरक्षा योजना कार्यक्रम अन्तर्गत काठमाडौंमा ४ हजार, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा एक हजार गरी करिब ६ हजार प्रहरी परिचालन गरिने भएको छ ।