शनिबार, बैशाख ८, २०८१

आजबाट राजधानीमा बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु

काठमाडौं भाद्र २७, आजदेखि राजधानीको भृकुटीमण्डपमा बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव–२०७१ सुरु भएको छ । kitabयाम्वुरी बुक प्वाइन्ट र घोष्ट राइटिङ नेपालको संयुक्त प्रयासमा आयोजित सो पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति डा गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको थियो ।

प्रदर्शनीमा शिक्षा र संस्कृति, कृषि र प्रविधि, स्वास्थ्य र विज्ञान, अर्थ र राजनीति, जीवन दर्शन, योग लगायतका विषय समेटिएको इन्साइट, भाभा, डिकुरा, डल्फिन, पिरामिड, पैरवी, हिमालय, वाणी, ऐरावती, साझा, सौगात, साङ्ग्रिला, पाँचपोखरी लगायतका प्रकाशनका पुस्तक राखिएका प्रदर्शनमा राखिएको इन्साइट पब्लिकेशनका बसन्त मर्हजले जानकारी दिनु भएको छ । आगामी असोज ४ गतेसम्म सञ्चालनमा रहने बताइएको छ ।