बिहिबार, बैशाख १३, २०८१

आजबाट मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाइँदै

काठमाडौ भाद्र १८, मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस आजबाट  भाद्र २४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला, CHHORI-BECHDOI00_20110222084228बालबालिका तथा समाज कल्याण मन्त्रालय र माइती नेपाललगायत गैरसरकारी संस्थाले संयुक्तरूपमा सो दिवस मनाउन लागिएको हो  दिवस मनाउन मन्त्री नीलम केसीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । मानव बेचविखन नियन्त्रण गर्ने उद्देश्यका साथ सो दिवस मनाउन सुरु गरिएको र बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनःस्थापना केन्द्रको स्थापना गरेको छ । हाल केन्द्रमा ७४० महिला छन् ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बने पनि त्यो प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अझै पनि महिला बेचबिखनको काम पूर्णरूपमा नियन्त्रण हुन सकेको छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031