मङ्लबार, बैशाख ११, २०८१

अज्ञात समुहको गोली प्रहारबाट कर्मचारीको मृत्यु

चितवन असोज ९ , चितवन राष्ट्रिय निकुञ्जका एक कर्मचारीको अज्ञात समूहको गोली प्रहारबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी 0चितवनका शेषचन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गोली प्रहारबाट वघौडा–३ का त्रिलोक चौधरी घाइते भएका छन् । चौधरीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको प्रहरीलाइ उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ । उनको अवस्था गम्भीर छ ।

घटना विवरण् अनुसार अयोध्यापुरी गाउँ विकास समिति–९ स्थित राष्ट्रिय निकुञ्जमा भरुवा बन्दुकसहित रहेका पाँच/छजनाको समूहले मोटरसाइकलमा जाँदै गरेका निकुञ्जका कर्मचारीलाई रोकेर गोली प्रहार गरेको बुझिएको छ । घटनाको सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएपनि साँझ सम्ममा प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।