शुक्रबार, चैत्र १६, २०८०

अक्षयकोष स्थापनार्थ काठमाडौं प्रेस युनियनलाई एक लाख रुपैयाँ सहयोग

काठमाडौं असोज ४, नेपाल प्रेस युनियनको आठौं महाधिवेशनमा काठमाडौं शखाको तर्फबाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सम्मानमा काठमाडौं प्रेस युनियन द्वारा आयोजित सम्मान एवम शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सह–press-union-ktm-saturday-programमहामन्त्री पूर्णबहादुर खड्काले शान्ति र संविधानको यात्रामा लोकतन्त्रवादी पत्रकारहरुको भूमिका महत्वपूर्ण भएको भन्दै सन्त नेता तथा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा अक्षय कोष स्थापनार्थ प्रेस युनियन काठमाडौं शाखालाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै कार्यक्रमका  अर्का  वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारका कामलाई जवाफदेही बनाउन र संविधान लेखनमा खबरदारी गर्न नेपाली प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बतायँदै प्रेस युनियन काठमाडौं शाखालाई आफ्नो तर्फबाटहरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले श्रमजीवी पत्रकारहरुको हकहितका लागि युनियनले छिट्टै विषेश अभियान सञ्चालन गर्ने बताए । प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालले दसैं आइसक्दा पनि अधिकांश सञ्चार प्रतिष्ठानमा पत्रकारहरुले तलब नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरे ।  कार्यक्रममा प्रेस युनियन काठमाडौंको कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि पत्रकार भक्तबहादुर थापाले १५ हजार, बसन्तप्रकाश उपाध्यायले १० हजार तथा कांग्रेस प्रचार विभागका सदस्य सचिव दामोदरप्रसाद दवाडीले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।