सोमवार, चैत्र १३, २०७९

४ बुँदे सहमतिको नाममा संसदको बैठक अवरुद्ध पार्दै जानु आफैमा शुभसंङकेत होइन् : सचिव भट्टराई

काठमाडौ असोज ११, बडादसैँ २०७१ का अवसरमा  तिहार, छठ, नेपाल संवत् र इदका अवसरमा काठमाडौ पत्रकार महासङ्घले आज शुभकामना आदानप्रदान सहित चियापान कार्यक्रमको आयोजना गरेको छ ।Yogesh-Bhattarai-1

कार्यक्रमको औपचारीकसत्रमा बोल्दै नेकपाएमालेका सचिव योगेश भट्टराईले देशमा पत्रकारिता जगतले मुलुकको दिशानिर्देश गर्ने भएकोले पत्रकारिता जगतको हक अधिकारको क्षेत्रलाइ सुनिश्चित गर्नुपर्नेमा जोड दिनभएको छ । त्यस्तै उहाँले संविधान जारी गर्ने मिति नगिचिदै गर्दा ४ बुँदे सहमतिको कार्यान्वयनको नाममा एमाओवादी लगायतका प्रतिपक्षीदलहरुले लगातार व्यवस्थापिका संसदको बैठक अवरुद्ध पार्दै जानु आफैमा शुभसंङकेत नभएको भन्दै संविधानका मुद्दालाई टुंग्याउन उच्चस्तरीय संयन्त्र गठन गर्न सकिने तर संयन्त्रकै नामबाट राज्य संचालनको माग गर्न उपयुक्त नहुने बताउँनु भएको छ ।  साथै एमाओवादीले सरकारमा सहभागी हुने चाहना राखेको हो भने संयन्त्रकै नाममा अप्रत्यक्ष वा घुमारो कुरा गर्न जरुरी छैन यदि एमाओवादी सरकारमा सहभागी हुँन्छ भने सरकारमा सहभागी गराएर भए पनि संविधान जारी गर्न काँग्रेस एमाले पछि नहट्ने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा पत्रकार महासङ्घका कन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारले पेसागत सुरक्षा र पारिश्रमिक नपाउने समस्या समाधानका लागि सरोकारवला पक्षसङग छलफल भइरहेको जानकारी दिनु भएको छ भने प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले लामो समयदेखि तोकिएको तलब नपाएका सञ्चारकर्मीलाई बडादसैँ अगाडि नै पारिश्रमिक उपलब्ध गराउनु पर्नेमा जाड दिनु भएको ।

त्यस्तै गरि क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकार हक हितका कुरालाई कुनै पनि सरोकारवाला निकायले वेवास्ता गरे आफ्नो संत्रगठनले तिहार लगत्तै आन्दोलनको उद्भोष गर्ने जानकारी दिनु भएको उक्त कार्यक्रम महासङ्घ काठमाडौँ शाखा अध्यक्ष गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031