काठमाडौ भाद्र १६, गृहमन्त्रालयले १३ जना जना प्रहरी बरिष्ठ उपरीक्ष (एसएसपी)हरुलाई प्रहरी नायब महानिरीक्षक( डिआइजीमा) बढुवाका लागि
सिफारिस गरेको छ। गृहमन्त्रालयमा आइतबार राति अबेरसम्म बसेको बढुवा समतिको बैठकले उनीहरुलाई बढूवाका लागि सिफारिस गरेको हो।
गृह सचिव सुर्य सिलवालको अध्यक्षतामा गठित बढुवा सिफारिस समितिमा आईजीपी अर्याल सदस्य र मानवस्रोत विभागका एआईजी रमेशशेखर बजा्रचार्य सदस्य सचिव रहेके बढुवा समितिले १३ जना एसएसपीलाई डिआईजीमा बढुवाकालागी सरकारलाई सिफारिस गरेको हो ।
यसरी बढुवाका लागि सिफारिस हुनेहरुमा राम कुमार खनाल, मनोहर प्रसाद रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रसाद पडासैनी, माधव प्रसाद जोशी, क��शरी राज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधव प्रसाद नेपाल छन्।
यसैवीच आईतबार बसेको बढुवा समितिले सिफारिस गरिएकाहरुमा डिआईजीकालागी योग्य भएको कतिपय अधिकारीहरुलाइ व्यक्तिवादी शोचको आधारमा वरिष्ठता, कार्यक्षमता र कार्य दक्षतालाई धोती लगाउदै कनिष्ट र भ्रष्ट अधिकृतहरुलाई बढुवाकालागी बढुवा सिफारिसबाट गरिएको भन्दै अहिले प्रहरी वृतमा सिंगो प्रहरी संगठन हाँकीरहेको आईजीपी उपेन्द्रकान्त अर्यालप्रती उच्च प्रहरी अधिकृतहरु आक्रोषित बनेको समाचार स्रोतको दावी रहेको छ ।