बुधबार, चैत्र १५, २०७९

हनुमानढोेकास्थित कागेश्वरी मन्दिरमा हजारौ भक्तजनको भिड

इन्द्रजात्राका लागि प्रयोग गरिने लिङ्गो आज भोटाइटीबाट हनुमानढोका ल्याइपु-याइए

काठमाडौ भाद्र १८, कागको छुवाइ र बिष्टयाइँबाट हुने अनिष्टबाट बच्नका लागि आज राजधानीको हनुमानढोका स्थित कागेश्वर महादेव मन्दिरमा मङलवार बिहानैदेखि हजारौंँ भक्तजनको भिड लागेको छ । यो मन्दिर सर्वसाधारणहरुका लागि प्रत्येक वर्ष भाद्रकृष्ण शुक्ल अष्टमीका दिन मात्र खुला गरिन्छ।  त्यस्तै गरि गागलफेदी–१ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा गई भाद्र शुक्ल अष्टमीका दिनमा पूजाआजा गरी विशेष पूजा आजा गरिएको बुझिएको छ।

यसैबीच यस वर्षको इन्द्रजात्राका लागि प्रयोग गरिने लिङ्गो आज भोटाइटीबाट हनुमानढोका ल्याइपु-याइएको छ । भक्तपुरको चितपोल गाविसस्थित जङ्गलबाट ल्याइएको सो लिङ्गो केही दिन अगाडि भोटाहिटीमा ल्याइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031