आइतवार, चैत्र १९, २०७९

सुपथ मूल्य पसलमार्फत भइरहेको बिक्री वितरणको प्रधानमन्त्रीको कार्यालयद्दारा अनुगमन

उपभोक्तालाई गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने व्यवसायी र उद्योगलाई हदैसम्मको कारवाही गर्ने सरकारको तयारी

 काठमाडौं असोज ६,आसन्न बडादसैँ, तिहार, छठ पवको अवसरमा आम उपभोक्ताहरुको हकहितलाइ ध्यान दिदै सहज र सरल रुपमा दैनिक उपभोगका वस्तु पाउन् भन्ने लक्ष्यका साथ वाणिज्य तथा आपूति मन्त्रालय अन्र्तगतका चारवटा सार्वजानिक सेवा प्रदायक संस्थाहरु क्रमस साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान, ,नेसनल ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त रुपमा सुरु गरेको सुपथ मूल्य पसलमार्फत भइरहेको बिक्री वितरण कार्यको आज anu 2 anugamanसचिव शान्तराज सुवेदीको सहितको टोलीले अनुगमन गर्नु भएको छ ।

कात्तिक १५ गतेसम्म सञ्चालन हुने गरी उपत्यकाभित्र नौ र उपत्यका बाहिर ६३ गरी कुल ७२ स्थानमा सञ्चालन ल्याइएको सुपथ मूल्य पसल मध्ये आज अपरान्ह साल्ट ट्रेडिङ कर्पोरेसनको कायालय परिसरमा सञ्चलित सुपथमूल्य पसल मार्फत भइरहेको विक्रि वितरण प्रक्रिया लगायत यसवीचमा घोषणा गरिएको छुट योजना र विक्री वितरण प्रणाली उपभोक्तामुखी भए नभएको भन्ने जस्ता महत्वपूण पक्षहरुको त्यस क्रममा अनगमन गरिएको सचिव सुवेदीले अनुगमनको क्रममा त्यहाँ उपस्थित सञ्चारकर्मीहरुलाइ छोटो प्रतिक्रिया दिने क्रममा बताउँनु भएको छ ।

अनुमनको क्रममा साल्ट ट्रेडिङ कर्पोरेसनका महाप्रबन्धक उर्मिला श्रेष्ठले आफ्नो सस्थाले आसन्न चाडपर्वको अवसरमा चिनीमा प्रतिकेजी रु पाँच र नुनमा प्रतिकेजी रु दुई छुटसहित सहज र सुलभ रुपमा विक्री वितरण भइरहेको त्यस अवसरमा सचिव सुवेदीलाइ जानकारी दिनुभएको थियो ।

IMG_20140922_154519चाडपर्वको मौका छोपेर उपभोक्तालाई गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने व्यवसायी र उद्योगलाई कारबाहीको दायरामा ल्याउन सरकारले विशेष टोलीमार्फत अनुगमन गर्ने कार्य सुरु गरिसकेको यस क्रममा कुनैपनि कालावजारी , अखाद्य सामाग्रीको विक्री वितरण् वा नाफाखोरी प्रवति हदैसम्मको कारवाही गर्ने तयारी सरकारको रहेको वाणिज्य तथा आपुर्ति विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले जानकारी दिदै चाडबाड नजिकिँदै गर्दा बजारमा देखिने समस्या समाधान गर्न र सर्वसाधारण ठगिन नपाउन् भन्ने उद्देश्यले  अनुगमन कार्यलाइ तिव्रता दिइएको बताउँनु भएको छ ।

त्यसो त चाडपर्वको मौका छोपेर उपभोक्तालाई गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने व्यवसायी र उद्योगलाई कारबाहीको दायरामा ल्याउन सरकारले विशेष टोलीमार्फत अनुगमन गर्न सुरु गदैगर्दाको अवस्थामा सरकार मातहतका निकायद्दारा सञ्चालित सुपथ मुल्य पसलमा समेत यसरी अनुमन हुनु आफैमा महत्वपूर्ण कार्यभएको त्यस अवसरमा त्यहाँ उपस्थित एक उपभोक्ताले बताए  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031